सिमरामा स्वास्थ्यकर्मीहरुले गरे दिप प्रज्वलन

ए वान डेस्क /
नेपालमा सोमबार भएको बिमान दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा बाराको सिमरामा अघि साझ दिप प्रज्वलन गरिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सोमबार बंगाल बिमान दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा सिमरामा अघि साझ स्वास्थ्यकर्मीहरुले दिप प्रज्वलन गरेका हुन् ।
बिमान दुर्घटनामा परी सोमवार ५० जनाको मृत्यु भएको थियो । सिमरामा आयोजित दिप प्रज्वलन कार्यक्रममा स्वास्थ्यकर्मीहरुले मृतकहरुको चिर शान्तिको कामना गरेका थिए ।
दिप प्रज्वलन कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रका डा. श्रवण मण्डल, अल्पाईन हस्पिटल सिमराका प्रमुख शिव शर्मा लगायतको उपस्थिति रहेको थियो ।