बारा प्रहरीद्धारा भन्सार छलीका समान पक्राउ

ए वान डेस्क /
जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छलीका मालसमान पक्राउ गरेको छ । प्रहरीले भारतबाट भन्सार छली ल्याईएको चिनी ६ बोरा, दाल १ बोरा, सर्फ १ बोरा, बिस्कुट, बच्चाको जुता चप्पल पक्राउ गरेको हो ।
विभिन्न मितिमा पक्राउ गरिएको भन्सार छलीका मालसमान झन्डै ५० हजार बराबरको रहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । पक्राउ गरिएको मालसमान भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागी भन्सार कार्यालय पठाउने तयारी भईरहेको बुझिएको छ ।