आजदेखि २० वर्ष पुराना सार्वजनिक यातायातका साधन संचालनमा प्रतिबन्ध

ए वान डेस्क
१ चैत्र २०७४, बिहीबार १२:३७

सरकारले आजदेखि २० वर्ष पुराना सार्वजनिक यातायातका साधन संचालनमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

यातायात व्यवस्था विभागले सरकारी निर्णयको बेवास्ता गर्दै जबरजस्ती पुराना सवारी सञ्चालन गरेको पाइए त्यस्ता गाडि जफत गरी कवाडीमा लिलाम गरिने चेतावनी दिएको छ ।

देशभर सञ्चालनमा रहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटनासमेत बढ्न थालेपछि सरकारले आजदेखि त्यस्ता सवारी हटाउने निर्णयमा कडाई गरेको हो ।

हाल देशभर २० वर्ष पुराना सवारी साधन करिब साढे पाँच हजार रहेको विभागको अनुमान छ । विभागले गत वर्ष फागुनदेखि नै काठमाडौं उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउने प्रयास थालेको थियो ।

तर, पूर्णरुपमा कार्यान्वयनमा आएको थिएन । त्यसैले नियमावली संशोधन गरेर गत वर्ष कात्तिकमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी २०७४ फागुन मसान्तसम्म देशभर रहेका २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय गरिएको हो ।

विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिने जनाएको छ । विद्युतीय टेम्पो हाल उपत्यकामा ६०० र उपत्यका बाहिर २०० को हाराहारीमा रहेको अनुमान छ ।

यातायात व्यवसायीहरुले भने पुराना सवारी साधन विस्थापन गर्नुको सट्टा चेकजाँच गरेर राम्रो अवस्थाका सवारीलाई सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् ।

उनीहरुले सवारी साधन २० वर्षको हुँदैमा सबै कामै नलाग्ने अवस्थामा नपुग्ने दाबी गरेका छन् ।
ईमेज खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*