निजगढ गोल्डकप : आज बारा र चितवन भिड्ने

ए वान डेस्क /
बाराको निजगढमा जारी नेपाल आईस चौथो निजगढ गोल्डकपमा आज चौधरी ११ बारा र हर्दि यूवा समाज चितवनका विच प्रतिस्पर्धा हुदैछ । दुई टिमबिचकोे खेल दिउसो ३ बजेदेखि शुरु हुने आयोजक क्लबले जानकारी दिएको छ ।
आज विजयी हुने टिम निजगढ गोल्डकपको फाईनलमा प्रवेश गर्ने आयोजक क्लबका सहसचिव निरज कुमरले जानकारी दिनुभयो । यसअघि हिजोको खेलमा आयोजक निजगढ युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दे सशत्र प्रहरी बल भद्रकाली गण पिलुवा विजयी भएको थियो ।
आज विजयी हुने टिमले उपाधीका लागी पर्सि पिलुवाको एपिएफसंग फाईनल खेल खेल्नेछ ।