निजगढ गोल्डकप : उपाधीका लागी बारा र एपिएफ भिड्ने
ए वान डेस्क /
बाराको निजगढमा जारी नेपाल आईस चौथो निजगढ गोल्डकपको उपाधीका लागी चौधरी ११ बारा र सशस्त्र प्रहरी बल भद्रकाली गण पिलुवाको एपिएफबिच प्रतिस्प्र्धा हुने भएको छ । दुई टिमबिचको फाईनल खेल भोलि दिउसो २ बजेदेखि शुरु हुने प्रेश संयोजक नवराज चौलागाईले जानकारी दिनुभयो ।
एपिएफ आयोजक निजगढ युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको हो भने चौधरी ११ बारा हर्दि युवा समाज चितवनलाई ४–२ गोल अन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको हो । १० टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले नगद १ लाख सहित ट्रफी र उपविजेता टिमले नगद ५० हजार सहित ट्रफी पाउनेछ ।















