लोटस ऐकेडेमिद्धारा स्वास्थ्य शिविरको आयोजना

ए वान डेस्क
३ चैत्र २०७४, शनिबार १२:२३

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर २ स्थित सिमरामा रहेको लोटस एकेडेमिले आज एक दिने स्वास्थ्य शिविरको आयोजना गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्र सिमरासंगको सहकार्यमा लोटस एकेडेमिले आज बिद्यालय परिषरमा स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

विरगञ्जका बाल रोग बिशेषज्ञ डा. प्रविनकुमार सिंहको नेतृत्वमा डा. अनुज था, डा. श्रवण मण्डल लगायतले स्वास्थ्य परिक्षण गरिरहेका छन् । शिविरमा नर्सरीदेखि कक्षा ३ सम्मका बिद्यार्थीलाई मात्र सेवा प्रदान गरिएको लोटस एकेडेमीका सञ्चालक रामप्रसाद अधिकारीको भनाई उदृत गर्दे हाम्रा सहकर्मी विकास पाण्डेले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*