सिमरामा २ दिने अभिमुखिकरण गोष्ठि

ए वान डेस्क
३ चैत्र २०७४, शनिबार १३:५३

ए वान डेस्क /

सिमरा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाराको सिमरामा २ दिने अभिमुखिकरण गोष्ठिको आयोजना गरेको छ । सहकारी तथा कृषि क्षेत्रमा संबिधान र ऐनले गरेका प्रावधान बारे संस्थाका पदाधिकारीहरुका लागि जानकारी गराउने उदेश्यका साथ संस्थाले २ दिने अभिमुखिकरण गोष्ठिको आयोजना गरेको हो ।

गोष्ठिको महिला तथा बालबालिका कार्यालय बाराकी प्रमुख अञ्जु ढुंगानाले उद्घाटन गर्नुभएको थियो । २ दिने गोष्ठिको उद्घाटन गर्दे ढुंगानाले संबिधान र ऐनले गरेका प्रावधान अनुसार सामाजिक कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहकारी तथा कृषि बिज्ञ शिवकुमार श्रेष्ठले सहभागीहरुलाई २ दिनसम्म प्रशिक्षण दिने संस्थाकी अध्यक्ष अनिता लम्साल अधिकारीले ए वान समाचारलाई जानकारी दिनुभयो । तालिमको उद्घाटन कार्यक्रम संस्थाकी अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*