डा. ‘साब’ को काठमाण्डौ यात्रा : सिंहदवारमा ७ दिन, ७ प्रस्ताव

ए वान डेस्क /
मन्त्रीपरिषद बिस्तार भए लगत्तै काठमाण्डौ यात्रामा निस्किनुभएका जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले ७ दिन सिंहदवारमा बिताउनुभयो । समृद्ध उप–महानगरको खाकासहित ७ दिन सिंहदवार बिताउनुभएका पौडेलले प्रधानमन्त्रीसहित ७ जना व्यक्तित्वसंग घेटघाट गर्नुभयो ।
जीतपुरसिमरा उपमहानगरपालिकाको सम्भावना र चुनौतीका बिषयमा केन्द्र सरकारलाई ध्यानाकर्षण गराउन एक साताअघि काठमाण्डौं पुग्नुभएका पौडेलले भेटघाट र पहललाई तीव्रता दिनुभएको हो । एक सातामा उहाले सिंहदवारस्थित बिभिन्न मन्त्रालयका मन्त्री एवं सचिवहरुसंग घेटघाट गर्नुभएको छ ।
भेटघाटका क्रममा पौडेलले बजनी घटनाको यथार्थ बाहिर ल्याउन समेत सम्बन्धीत निकायलाई ध्यानाकर्षण गर्नुभयो ।
प्रधानमन्त्रीसंग भेटघाट
मेयर पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर शुरुमा बधाई र शुभकामना दिनुभयो । कुराकानीका क्रममा पौडेलले जीतपुरसिमरा उपमहानगरपालिकाको समृद्धी सम्भावना र चुनौतिहरुको अवधारण बारे जानकारी गराउनुभयो । त्यसपछि बजनीमा भएको सुवेदी दम्पतीको रहस्यपूर्ण हत्यावारे ध्यानाकर्षण समेत गराउनुभयो ।
गृहमन्त्रीलाई पनि ध्यानाकष्र्ण
पौडेलले गृहमन्त्री रामबहादुर थापा बादललाई बजनी हत्या घटनावारे ध्यानाकर्षण गराउनुभयो । उहाले हत्यारा छिटो पत्ता लगाउन, कृषक सहिद, बैंक ऋण मिनाहा, नाबालिगहरुको शिक्षादिक्षा र बजनीमा सुरक्षापोष्ट राख्न समेत आग्रह गर्नुभएको थियो ।
प्रचण्डसंग समृद्धको खाका
मेयर पौडेलले पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डेसंगपनि भेटघाट गर्नुभयो । प्रचण्डसंगको भेटका क्रममा पौडेलले जीतपुरसिमरा उपमहानगरपालिकाको सम्भावना र चुनौती बारे जानकारी गराउनुभयो । साथै बजनी घटनावारे पनि पौडेलले प्रचण्डलाई जानकारी गराउनुभएको उहाका स्वकिय सचिव दिवाकर भण्डारीले जानकारी दिनुभयो ।
मन्त्री सामु योजना
पौडेलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसंग पनि भेटघाट गर्नुभयो । भेटका क्रममा बधाई तथा शुभकामना दिदै पौडेलले जीतपुरसिमरा उपमहानगरपालिकाको पूर्वाधार विकास र समृद्धिका लागि योजनाहरु प्रस्तुत गर्नुभएको थियो ।
लालबाबुको प्रतिवद्धता
पौडेलले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसंग पनि भेटघाट गर्नुभयो । भेटमा मन्त्री कर्मचारी अभावका कारण काम गर्न समस्या भएको भन्दै दुखेसो पोख्नुभयो । जवाफमा पण्डितले एक हप्ताभित्रै थप कर्मचारी पठाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । पौडेलले मन्त्रालयका सचिव दिनेश थपलियासंग पनि भेटघाट गर्नुभयो ।
शिक्षामन्त्रीसंग पनि भेटघाट
पौडेलले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग पनि भेटघाट गर्नुभयो । भेटका क्रममा पौडेलले शिक्षकहरुको तलव, बहुप्राविधिक विद्यालय र समग्र शिक्षा क्षेत्र व्यवस्थापनवारे नवनियुक्त शिक्षामन्त्री पोखरेलसंग छलफल गर्नुभएको थियो । साथै मन्त्रालयका सचिव मधु रेग्मीसङ्ग कुराकानी भएको पौडेलका स्वकिय सचिव भण्डारीले जानकारी दिनुभयो ।
मकै किसानको समस्या
कृषि, भूमी व्यवस्थापन र सहकारी मन्त्री चक्रपाणी खनालसंग आज विहान भेटघाट गर्नुभएको थियो । सोही क्रममा पौडेलले मकै किसानका समस्या, समग्र कृषि र भूमी व्यवस्थापनवारे मन्त्री खनाललाई जानकारी गराउनुभएको थियो ।
मेयर पौडेलसंग नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राजन पौडेल, एमालेका नगर संयोजक कृष्ण खनाल, काग्रेस नेता ओमकृष्ण कार्की लगायत सिंहदवार पुगेका थिए ।