सिमरा महोत्सवमा हेलिकप्टर आउने, चढ्ने हैन ?

ए वान डेस्क /
बाराको सिमरामा यही चैत्र ९ गतेदेखि १९ गतेसम्म हुन गईरहेको प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव २०७४ मा हेलिकप्टर आउने भएको छ । ११ दिनसम्म चल्ने महोत्सवमा हेलिकप्टरमार्फत बारा जिल्लाका बिभिन्न पर्यटकिय स्थल घुम्न सकिने आयोजकले जनाएको छ ।
औद्योगिक शान्ति नेपाल काठमाण्डौ र नव दुर्गा युवा सिमराको मुख्य आयोजनामा सिमरा रंगशालामा हुन लागेको महोत्सवमा ४ दिनसम्म हेलिकप्टरले उडान भर्नेछ । महोत्सवको ८औ दिन चैत्र १५ गतेदेखी १८ गतेसम्म हेलिकप्टरबाट बारा जिल्लाको पर्यटकिय क्षेत्र तथा औद्योगिक करिडोरको अवलोकन गर्न सकिने आयोजक क्लबका सचिव शैलेस राज अर्यालले जानकारी दिनुभयो ।
हेलिकप्टर चढ्न प्रति व्यक्ति ५,५०० टिकट शुल्क निर्धारण गरिएको सचिव अर्यालले जानकारी दिनुभयो । अर्यालका अनुसार प्रत्येक उडानमा परिवारसंग ३ बर्ष मुनिका १ जना बालवालिकालाई छुट गरिएको छ भने ३ बर्षदेखी ८ बर्षसम्मका बालबालिकालाई ५० प्रतिशत छुट गरिएको छ ।
८ बर्षमाथिमा बालबालिकाको हकमा भने पुरा शुल्क लाग्ने उहाले बताउनुभयो ।
टिकट बुकिङ्गको लागि सम्पर्क
९८५५०१३०००,९८५५०२४०२६ र ९८०९१४४६६०