‘सिमरा महोत्सवको सम्पुर्ण तयारी पुरा’

ए वान डेस्क
८ चैत्र २०७४, बिहीबार १७:३०

ए वान डेस्क /

बाराको सिमरामा भोलिदेखि शुरु हुन लागेकोे प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव २०७४ सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक नव दुर्गा युवा क्लब सिमरा र औद्योगिक शान्ति नेपाल काठमाण्डौले आज महोत्सव स्थल सिमरा रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवको तयारी बारे जानकारी दिएको हो ।

महोत्सवको भोलि एक कार्यक्रमकाबिच पर्यटन मन्त्री रबिन्द्र अधिकारीले उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सवमा भेट्रान्स क्लब सिमरा, नेपाल पर्यटन बोर्ड काठमाण्डौ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना काठमाण्डौ र जीतपुरसिमरा उप–महानगरपालिका रहेको छ । महोत्सवलाई गोर्खा बु्रअरीको उत्पादन टुर्वोग बियरले मुख्य प्रायोजन गरेको छ भने क्याल गु्रप विरगञ्ज, जगदम्बा स्टिल

प्रा.लि, हामा आईरन स्टिल प्रा.लि, सुर्य नेपाल प्रा.लि र तराई यातायात व्यवसायी संघ सिमराले प्रायोजन गरेको आयोजक मुल समारोह समितिका अध्यक्ष हरी चौधरीले जानकारी दिनुभयो । महोत्सवमा हाम्रो समन क्याम्प हेटौडा ईभेन्ट पार्टनरको रुपमा रहेको छ भने ए वान समाचार डटकम र सिएनएन न्युज डटकम मिडिया पार्टनरको रुपमा रहेको छ ।

महोत्सवमा करिव ३०० स्टल रहने सचिव शैलेस राज अर्यालले जानकारी दिनुभयो । अर्यालका अनुसार करिव ५० लाखको लागतमा हुन लागेको महोत्सव झन्डै १ लाख दर्शकले हेर्नेछन् । महोत्सवमा करिव २ करोडको कारोवार हुने अर्यालले जानकारी दिनुभयो ।

महोत्सवमा हेलिकप्टर समेत ल्याउने तयारी गरिएको छ । हेलिकप्टर चढ्न प्रति व्यक्ति ५, ५०० रुपैया निर्धारण गरिएको छ । महोत्सवको उद्घाटन अघि भोलि बिहान १० बजेदेखि शोभा यात्रा निकालिने सचिव अर्यालले जानकारी दिनुभयो । ‘आपसी सद्भावको पहिचान सिमरालाई नमुना एवं व्यापारिक केन्द्र बनाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ सिमरा रंगशालामा महोत्सव हुन लागेको हो ।

मेलामा अटोमोबाईल प्रदर्शनी, कृषि तथा हस्तकालको प्रदर्शनी, ४ दर्जन भन्दा बढि कलाकारहरुद्धारा गायनको बेजोड प्रस्तुती, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, बिभिन्न ब्रान्डका मोबाईल तथा ईलोक्टोनिक्स सामानको प्रदर्शनी, वाल उद्यान, लत्ता कपडा तथा भाडाकुडाको प्रदर्शनी, नृत्य प्रतियोगिता, सास्कृतीक प्रदर्शनी, व्यापार तथा पर्यटकीय प्रदर्शनी, सिमरा आईडल, डान्स प्रतियोगिता, निशुल्क स्वास्थ्य शिविर, भेट्रान्स फुटबल प्रतियोगिता, एक दिने मैत्रिपुर्ण महिला फुटबल प्रतियोगिता, कुस्ती प्रतियोगिता, साथमा चर्चित लोक गायकरगायिकाहरुद्धारा दोहोरी गित प्रस्तुतका साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ ।

मुल आयोजक समारोह समितिका संयोजक हरि चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महत, सल्लाहकार समितिका संयोजक दिनेश राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेस संयोजक प्रदिप गौतमले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*