सिमरा महोत्सवमा आजका कलाकारहरु

ए वान डेस्क
१० चैत्र २०७४, शनिबार १२:२१

ए वान डेस्क /

प्रथम सिमरा औधोगिक ब्यापार, कृषि मेला तथा खेलकुद महोत्सव २०७४ मा आज राष्ट्रिय स्तरका कलाकारहरुले प्रस्तुती देखाउदैछन् । आज शनिवार चर्चित गायिका राधिका हमाल, गायक रबि रिमाल, हास्य कलाकारहरु दमन रुपाखेती, राजन चौलागाई खैराते, र्यापर आयुष अधिकारि, गायक रमेश श्रेष्ठ मेलोडी लगायतले प्रस्तुती देखाउने आयोजक मुल समारोह समितिका सचिव शैलेस राज अर्यालले जानकारी दिनुभयो ।

साथै महोत्सवमा आज स्थानिय कलाकारहरुले समेत आफ्नो प्रस्तुती देखाउने अर्यालले जानकारी दिनुभयो । महोत्सवको हिजो एक कार्यक्रमकाबिच सस्कृती, पर्यटन तथा नागरीक उड्डयन मन्त्री रविन्द्र अधिकारीले उद्घाटन गर्नुभएको थियो । महोत्सव चैत्र १९ गतेसम्म चल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*