धार्मीक स्थललाई पर्यटकिय क्षेत्र बनाउनुपर्छ : ज्वाला शाह

प्रदेशसभा सदस्य ज्वाला कुमारी शाहले धार्मीक पर्यटकिय क्षेत्रको संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ स्थीत बडहर्वामा दुर्गा मन्दीर स्थापना कार्यक्रममा बोल्दै शहले धार्मीक स्थलहरुलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै जीतपुसिमरा उपमहानगरपालिकाका मेयर डा.कृष्ण पौडेलले धार्मिक अनुष्ठानलाई पर्यटकिय रुपमा विकास गर्न उपमहानगर लागीपर्ने बताउनुभयो । मूर्ती स्थापना कार्यक्रमका संयोजक नारायण प्रसाद खतिवडा संयोजकत्वमा भएको विशेष मुर्ती अनावर कार्यक्रममा वडा नम्बर १८ का वडा अध्यक्ष अर्जन प्रसाद दाहाल, मन्दिर स्थापना मुल समितिका सह–संयोजक बसन्त खतिवडा लगायतको उपस्थिति रहेको थियो ।
गतबर्षको योजना अनुसारनै बडहर्वामा दुर्गा मन्दीरमा मुर्ती स्थापना गरिएको छ । दर्जनौ ब्राम्हणहरुबाट विशेष पूजापाठ सहित दुर्गा सेतीदेवी तथा मौवादेवीको मूर्ती मन्दिरमा स्थापना गरिएको हो । बडहर्वाका स्थानीयबिच प्रख्यात सेतीदेवी र मौवादेवीलाई दिदिबहिनीका रुपमा पुजा गरिन्छ ।
यी देवीका मन्दिरहरुमा चाडबाडका समयमा वली सहितको पूजा गर्ने चलन समेत छ । यसका साथै सेतीदेवी तथा मौवादेवी मन्दिरमा बडहर्वाका नव विवाहिता जोडिहरुले पूजा गरी आफ्नो बैवाहिक जीवनको सुरुवात गर्ने गरेका छन् । यसोगर्दा बैवाहिक सम्बन्ध बलियो हुने जनविस्वास रहेको छ ।