सिमरा महोत्सवमा ज्योति मगरले ‘एक चोटिले पुग्छ’ भनेपछि ……

ए वान डेस्क
१२ चैत्र २०७४, सोमबार २३:४३

ए वान डेस्क /

बाराको सिमरामा जारी प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव २०७४ मा आज झन्डै आधा दर्जन राष्ट्रिय स्तरका कलाकारहरुले आफ्नो प्रस्तुती देखाएका छन् । औद्योगिक शान्ति नेपाल काठमाण्डौ र नव दुर्गा युवा क्लब सिमराको मुख्य आयोजनामा सिमरामा जारी महोत्सवमा आज चर्चित गायिका ज्योति मगर, चर्चित गायक धिरज राई, नेपालको चर्चित ब्याण्ड ओम माने पेमे, धुर्व बिस्को लगायतले आफ्नो प्रस्तुती देखाएका हुन् ।

‘देउ न एक चोटि’

सिमरा महोत्सवमा आज चर्चित गायिका ज्योति मगरले आधा दजर्न गित गाईन् । स्टेजमा चढेदेखि अन्तिमसम्म उनले पटक पटक सेक्सि शब्द प्रयोग गरिन् । गित गाउने क्रममा उनले ‘ओई ज्योति, ओई ज्योति देउ न एक चोटि’ बोलको गित गाउन थालेपछि महोत्सव स्थल सिमरा रंगशालामा युवाहरुले हो–हल्ला मच्चाए ।

झन्डै १० हजार दर्शकले एकसाथ उनको प्रस्तुती देखेर रमाए । बिशेष गरी उनले एक चोटिले पुग्छ भनेपछि त झनै युवाहरु जोस्सिएका थिए । उनको प्रश्नको जवाफ दिदै युवाहरुले भने ‘पुग्दैन्, एक चोटि हैन् धेरै चोटि चाहिन्छ’ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*