सिमरा महोत्सवमा आज प्रमोद खरेल आउने, यी हुन् आजका कलाकार

ए वान डेस्क /
नेपालका चर्चित गायक प्रमोद खरेल आज बाराको सिमरा आउने भएका छन् । सिमरामा जारी प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव २०७४ मा आफ्नो प्रस्तुती देखाउन खरेल आज सिमरा आउन लागेका हुन् ।
खरेलसहित आधा दर्जन राष्ट्रिय कलाकारहरुले आज आफ्नो प्रस्तुती देखाउने कलाकार व्यवस्थापक विजय बोम्जनले जानकारी दिनुभयो । बोम्जनका अनुसार आजै भद्रगोलका बले र कक्रोज, चर्चित गायिका सहिमा श्रेष्ठ, आतिश लामा, धावा लामा लगायत स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुती देखाउनेछन् ।
सास्कृतीक कार्यक्रम दिउसो २ बजेदेखि शुरु हुने बोम्जनले जानकारी दिनुभयो । यसअघि हिजो चर्चित गायक भोजराज काफ्ले, सुनिल गिरि लगायतले आफ्नो प्रस्तुती देखाएका थिए ।