उपमहानगरले थाल्यो कुष्ठरोग निवारण अभियान

ए वान डेस्क
१५ चैत्र २०७४, बिहीबार ०९:३५

सन २०२० सम्म नेपाललाई पूर्ण रुपले कुष्ठरोग निवारण देश बनाउने सरकारको लक्ष्य अनुरुप जीतपुरसिमरा उपमहानगरले कुष्ठरोग निवारणको अभियानलाई प्रभावकारी ढंगले अघि बढाउने भएको छ । जितपुरसिमरा उपमहानगरपालीकामा बुधबार पत्रकारसंग अन्तकृया कार्यक्रमको आयोजना गर्दै नगर प्रमुख डा. कृष्ण पौडेलले पहिलो चरणमा नगरका सबै स्वास्थ्यकर्मीलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरी यस रोग सम्बन्धी जनचेतनाको अभियानमा तिब्रता दिइने बताए ।

‘सरकारको कुष्ठरोग निवारण अभियानलाई सार्थक बनाउँन हामीले तयारी थालिसकेका छौँ, हाम्रा स्वास्थ्यकर्मीहरु घरदैलो अभियानमा नगरका नयाँ पुराना बिरामीलाई सहजीकरण गर्नुहुने छÕ डा. पौडेलले भने, अब नगरमा यो रोग लागेका र औषधी सेवन नगरेका बिरामी भेटिने छैनन् । पछिल्लो समय यस रोगका नयाँ बिरामी न्युन भेटिएपनि पुराना बिरामीको अवस्था कमजोर बन्दै गइरहेको भन्दै मेयर डा. पौडेलले नगरका पुराना बिरामीहरुमा समेत चेतनको पहँचमा वृद्धि गरिने बताए ।

उपमहानगरका स्वास्थ्य शाखा प्रमुख कौसिलेन्द्र मिश्रका अनुसार नगरका २४ वटा वडामा घरदैलो कार्यक्रमको आयोजना गरी स्वास्थ्य परिक्षण गरिनेछ । नगरमा ५ दिने अभियान मार्फत सबै वडामा पुगी हरेक घरमा कुष्ठरोगको जाँच गरी रोग बारे चेतना नभएकालाई उपचारको पहुँचमा ल्याइने बताए । जिल्लाभरी २ सय बढी यस रोगका बिरामीले नियमित औषधी सेवन गरिरहेका छन् भने उपमहानगरपालिका भित्र २४ जनाले यस रोगको नियमित उपचार गराईरहेको मिश्रले जानकारी दिएका छन् ।

नेपालमा विसं २०६५ मा कुष्ठरोगको निवारण भएको घोषणा गरिएको भएपनि सन् २०१० यता कुष्ठरोगी संख्यामा कमी नआएकाले सरकारले निवारणको घोषणा गर्न बाँकी रहेका जिल्लाहरुमा यो रोग सम्बन्धी अभियान संचालन गर्न लागेको हो । कुष्ठरोग निवारण हुन बाँकी रहेका बारा सहित पर्सा, रौतहट, सर्लाही, महोत्तरी लगायतका १८ जिल्लालाई सन् २०२० सम्म कुष्ठरोग निवारण गर्ने सरकारको लक्ष्य छ ।

अन्तरक्रिया कार्यक्रममा उपमहानगरकी उपमेयर सरस्वती चौधरी, प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण उप्रेतीलगायत स्वास्थ्य शाखाका कर्मचारीको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*