सिमरा महोत्सव : हेलिकप्टर टिकट बुकिङ्गको सचिवालय स्थापना

बाराको सिमरामा जारी प्रथम सिमरा औद्योगीक ब्यापार, कृषि मेला तथा खेलकुद महोत्सवमा आजबाट हेलिकप्टरको टिकट बुकिङ्गको लागि छुट्टै सचिवालय स्थापना गरीएको छ । महोत्सव स्थलको प्रवेश गेटको पश्चिमपट्टी सचिवालय स्थापना गरीएको हो ।
हेलिकप्टरबाट बारा जिल्लाको पर्यटकीय क्षेत्रको अवलोकन गर्न ईच्छुकले हेलिकप्टरको सचिवालयमा सम्पर्कगरी आवश्यक जानकारी लिन सकिने महोत्सव आयोजकका संयोजक हरि चौधरीले जानकारी दिनुभएको छ । बाराको प्रमूख पर्यटकिय क्षेत्रहरु पर्सा राष्ट्रिय निकुञ्ज, हलखोरिया दह, निमार्णाधिन फास्टट्रयाक, औद्योगिक क्षेत्र, जीतपुरसिमरा उपमहानगरपालिका लगायतका क्षेत्रहरु अवलोकन गराईने हेलिकप्टर संयोजक बेद भट्टले जानकारी दिनुभयो ।
अन्य जानकारीको लागि ९८५५०१३००० र ९८०९१४४६६० मा सम्पर्क गर्न सक्नुहुने छ ।