सिमरा महोत्सवमा आजदेखि भेट्रान फुटबल
ए वान डेस्क /
बाराको सिमरामा जारी प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव २०७४ मा आजदेखि भेट्रान फुटबल प्रतियोगिता हुदैछ । आयोजक मुल समारोह समितिले दिएको जानकारी अनुसार प्रतियोगितामा ४० बर्षभन्दा माथिका खेलाडीहरुबिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा १६ टिमको सहभागीता रहने खेलकुद व्यवस्थापक समिर आलले जानकारी दिनुभयो । आजको पहिलो खेल बिहान ११ बजेपछि शुरु हुनेछ । भेट्रान फुटबलको बिजेताले १ लाख रुपैया पाउनेछ भने उप–बिजेताले ५० हजार रुपैयामा चित्त बुझाउनुपर्नेछ ।















