आजदेखि कोल्हवी गोल्डकप शुरु हुदै
फाईल फोटो
नविन चौधरी, कोल्हवी /
बाराको कोल्हवीमा आजदेखि प्रथम कोल्हवी गोल्डकप २०७४ शुरु हुदैछ । जनशक्ति क्लब कोल्हवीको आयोजनामा आजदेखि प्रथम कोल्हवी गोल्डकप शुरु हुन लागेको हो ।
प्रतियोगितामा १० टिमको सहभागीता रहने क्लबका अध्यक्ष त्रियोगि प्रसाद राउत थारुले जानकारी दिनुभयो । गोल्डकपमा आयोजक जनशक्ति कल्ब कोल्हवीसहित नेपाल पुलिस भरतपुर, एफ्सी हेटौडा, निजगढ युवा कल्ब, बिरगंज युथ क्लब, नव जनजागृति युवा क्लब सिमरा, एफ्सी बैंखरी महोत्तरी, बिएफ्सी भरतपुर, लहान ११ र बारा ११ को सहभागीता रहनेछ ।
गोल्डकपको बिजेताले एक लाख पचास हजार तथा उप–बिजेताले ७५ हजार रुपैया पाउने अध्यक्ष थारुले जानकारी दिनुभयो ।















