कोल्हवी गोल्डकप आजदेखि शुरु, उद्घाटन खेलमा महोत्तरी विजयी

ए वान डेस्क
१५ चैत्र २०७४, बिहीबार २२:१६

नविन चौधरी /

बाराको कोल्हवीमा प्रथम कोल्हवी गोल्डकप २०७४ आजदेखि शुरु भएको छ । जनशक्ति कल्व कोल्हवीको आयोजनामा आजदेखि कोल्हवी गोल्डकप शुरु भएको थियो ।

गोल्डकपको आज एक कार्यक्रमकाबिच बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उमाकान्त चौधरीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य त्रिलोकी प्रसाद चौधरी, कोल्हवी नगरपालिकाका प्रमुख भरत बहादुर भण्डारी, निजगढ नगरपालिकाका प्रमुख सुरेश खनाल, बारागढि गाउपालिका अध्यक्ष देवदत्त बछार, करैयामाई गाउपालिका अध्यक्ष भुनेश्वर धामी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जनशक्ति कल्वका उपाध्यक्ष हिरालाल चौधरीले स्वागत गर्नुभएको थियो ।

उद्घाटन खेलमा महोत्तरी विजयी

उद्घाटन खेलमा एपिएफ पिलुवालाई ३–१ गोल अन्तरले पराजित गर्दे एफ्सी महोतरीले विजयी शुरुवात गरेको छ । खेलको १९औ मिनेटमा महोतरीको तर्फबाट जर्सी नम्बर ९ का रंजित आलेले गोल गरेर आफनो टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि दोश्रो हाफको ६ मिनेटमा महोतरीकै जर्सी नं.१५ का सरोज क्षेत्रीले अर्को गोल गरे । दोश्रो हाफको १३औ मिनेटमा भने एपिएफका जर्सी नं. १० का मनु थापाले गोल गरेर २–१ को अन्तरमा पु¥याए । त्यसपछि ३२औ मिनेटमा पुनः महोतरीका जर्सी नं. ५ का सविन बिकले १ गोल गरे ।

भोलिको खेल आयोजक टिम र निजगढ युवा कल्व बारा बिच हुने आयोजकले जानकारी दिएको छ । चैत्र २४ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले १ लाख ५० हजार रुपैया र उप–बिजेताले ७५ हजार रुपैया पाउने क्लबका अध्यक्ष त्रियोगी प्रसाद राउत थारुले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*