प्रमोद खरेलको ‘झुम्कावाली’ मा झुम्यो बारा

ए वान डेस्क /
बाराको सिमरामा जारी ‘प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव २०७४’ मा आज दर्शकको बाक्लो भिड लाग्यो । महोत्सवमा नेपालका चर्चित गायक प्रमोद खरेलले आफ्ना गीत मार्फत दर्शकलाई नचाए । हँसाए । दर्शकको मन बुझेका खरेलले आफ्ना चर्चित गीतहरु गाएर दर्शक नचाए ।
झन्डै डेढ घण्टा स्टेज सम्हालेका खरेलले आधा दर्जनभन्दा बढि गित गाए । ‘म बाचेकै तिमि संग’ भन्ने बोलको गितबाट गित गाउन शुरु गरेका खरेलले ‘ओइ झुमा झुम्कावाली’ बोलको गीतमा दर्शक बेस्सरी नाँचे ।
सिमरा रंगशालामा खरेलले झुम्कावाली बोलको गित गाएसंगै दर्शकको ‘वान्स मोर’ ले सिमरा गुञ्जाएमान भयो । प्रमोद खरेलको प्रस्तुती हेर्न बारा, पर्साका साथै मकवानपुरबाट समेत दर्शकहरु सिमरा आएका थिए ।
त्यस्तै चर्चित गायिका सहिमा श्रेष्ठ, भद्रगोलका बले र कक्रोज, आतिश लामा, धावा लामा लगायत स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुती देखाएका थिए ।