सिमरा महोत्सव : भेट्रान फुटबलमा आज को–को विजयी भए ?

बाराको सिमरामा जारी प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव २०७४ मा आजदेखि भेट्रान फुटबल प्रतियोगिता शुरु भएको छ । आजदेखि ४ दिनसम्म चल्ने प्रतियोगितामा १२ वटा टिमको सहभागीता रहेको छ । मुल आयोजक समारोह समितिका खेलकुद व्यवस्थापक समिर आलेका अनुसार प्रतियोगितामा ४० बर्षभन्दा माथिका खलाडीहरु मैदानमा उत्रिदैछन् ।
भेट्रान फुटबलमा सिमरा भेट्रान ए, सिमरा भेट्रान बि, अभिसेक चर्च नवलपरासी, हेटौडा भेट्रान, सिलगुडि भेट्रान, हाम्रो फुटबल क्लब, बकुलिया भेट्रान, भेट्रान सिटि अफ विरगञ्ज, साईनिङ्ग सिटि अफ विरगञ्ज, साईनिङ्ग सन एकेडेमि, चितवन भेट्रान, जाउलाखेल फुटबल क्लब र चपुर भेट्रान सहभागी छन् । भेट्रान फुटबलको बिजेताले १ लाख र उप–बिजेताले ५० हजार रुपैया पाउनेछ । फुटबल
प्रतियोगिताको आज बिहान एक कार्यक्रमकाबिच नेपाली काग्रेसका युवा नेता श्यामबाबु गुप्ताले उद्घाटन गर्नुभएको थियो ।
नवलपरासी क्वाटरफाईनलमा
अभिसेक चर्च नवलपरासी भेट्रान फुटबलको क्वाटर फाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा आज बिहान भएको पहिलो खेलमा सिमरा भेट्रान बिलाई ३–० गोल अन्तरले पराजित गर्दे अभिसेक चर्च क्वाटरफाईनलमा प्रवेश गरेको हो । अभिसेक चर्चका लागी जर्सी नम्बर ३१ का शुक्रलाल तामाङ्गले २ र जर्सी नम्बर ८ का राजेश लोप्चाले एक गोल गर्न सफल भए ।
हेटौडाले पायो बाई
आजको दोश्रो खेलमा सिलगुडि भेट्रान क्लब फुटबल खेल्न नआएपछि हेटौडा भेट्रानले बाई पाएको छ । योसंगै हेटौडा भेट्रानपनि क्वाटर फाईनलमा प्रवेश गरेको छ ।
विरगञ्ज विजयी
बकुलिया भेट्रानलाई २–१ गोल अन्तरले पराजित गर्दे हाम्रो फुटबल क्लब विरगञ्ज प्रतियोगिताको क्वाटर फाईनलमा प्रवेश गरेको छ ।
कैलालीको जित
साईनिङ्ग सिटि कैलालीपनि प्रतियोगिताको क्वाटर फाईनलमा प्रवेश गरेको छ । भेट्रान सिटि अफ विरगञ्जलाई ४–० गोल अन्तरले पराजित गर्दे कैलाली विजयी भएको हो ।