कोल्हवी गोल्डकप : आज आयोजक र निजगढ भिड्ने

नविन चौधरी /
बाराको कोल्हवीमा हिजोदेखि शुुरु भएको कोल्हवी गोल्डकपमा आज आयोजक र निजगढ युवा क्लब बिच खेल हुदैछ । दुई टिमबिचको खेल दिउसो २ बजेपछि शुरु हुने आयोजक जनशक्ति क्लबले जानकारी दिनुभयो ।
यसअघि हिजोको उद्घाटन खेलमा एपिएफ पिलुवालाई ३–१ गोल अन्तरले पराजित गर्दे एफ्सी महोतरी विजयी भएको थियो । चैत्र २४ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले १ लाख ५० हजार रुपैया र उप–बिजेताले ७५ हजार रुपैया पाउने क्लबका अध्यक्ष त्रियोगी प्रसाद राउत थारुले जानकारी दिनुभयो ।