तीन नम्बर प्रदेशले बनायो जिल्ला र नगरसभा सञ्चालनको कार्यविधि
तीन नम्बर प्रदेशको शुक्रबार बिहान सम्पन्न मन्त्रिपरिषद् बैठकले जिल्ला र नगरसभा सञ्चालनको कार्यविधि बनाएको छ । जिल्लासभा कसरी सञ्चालन गर्ने र नगरसभा कसरी सञ्चालन गर्ने भन्ने कार्यविधि बनाइएको हो ।
यसैगरी तीन नम्बर प्रदेशका मन्त्रीहरुको सेवा सुविधाका विषयमा पनि सैद्धान्तिक सहमति भएको मन्त्रिपरिषदका प्रवक्ता कैलाश ढुंगलले बताउनुभयो ।
प्रदेशका मन्त्रीहरुले के–कस्ता सेवा सुविधा लिने र तलब कति लिने भन्ने कुरा भने तय भइनसकेको उहाँले बताउनुभयो । मन्त्रिपरिदबाट निर्णय भएका कुरालाई शुक्रबार नै अपरान्ह बस्ने संसद बैठकमा पेश गर्ने तयारीसमेत गरिएको छ ।
यसैगरी स्थानीय तहका जनप्रतिनिधिहरुको सेवा सुविधाका विषयमा पनि केही फेरबदल गर्न सकिने उहाँको भनाई छ ।















