औराहमा २ दिने नेतृत्व विकास तालिम शुरु

ए वान डेस्क
१६ चैत्र २०७४, शुक्रबार १४:१४

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर ४ स्थित औराहमा आजदेखि क्षमता अभिबृद्धि तथा नेतृत्व विकास एवं आधारभुत सहकारी तालिम शुरु भएको छ ।

घण्टिमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेड, औराह पशुपालन कृषि सहकारी संस्था लिमिटेड र प्रगतिशील सामुदायिक बन उपभोक्ता समितिको संयुक्त आयोजनामा आजदेखि २ दिने तालिम शुरु भएको हो । तालिमको आज एक कार्यक्रमकाबिच प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्माले उद्घाटन गर्नुभएको थियोे । तालिमको उद्घाटन गर्दे प्रदेशसभा सदस्य बिश्वकर्माले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।

घण्टिमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष कोपिला सिम्खडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उप–महानगरपालिकाकी उप–मेयर सरस्वती चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष ईश्वर के.सी, प्र्रगतिशिल सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष रमेश खरेल, थानीमाई बन उपभोक्ता समिति सिमराका अध्यक्ष माधव त्रिपाठी लगायतको उपस्थिति रहेको घण्टिमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेड औराहका कार्यालय प्रमुख नविन खड्काले ए वान समाचारलाई जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन संस्थाका भुवन खड्काले गर्नुभएको थियो ।

तालिममा झन्डै ५० जनाको सहभागीता रहेको छ । तालिममा सहभागीहरुलाई रविन्द्र भण्डारीले प्रशिक्षण दिईरहनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*