सिमरा महोत्सवमा भोलि शिव परियार आउने

ए वान डेस्क
१६ चैत्र २०७४, शुक्रबार २२:०४

ए वान डेस्क /

नेपालका चर्चित गायक शिव परियार भोलि बाराको सिमरा आउने भएका छन् । सिमरामा जारी प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव २०७४ मा आफ्नो प्रस्तुती देखाउन गायक परियार भोलि सिमरा आउन लागेका हुन् ।

गायक परियारसंगै भोलि गायिका टिका प्रसाई, हास्य कलाकार दिनेश काफ्ले, गायक लेखराज गुरुङ्ग, गायिका श्रीया नेपाल गायक विश्व आर के र डान्सर रुबिना श्रेष्ठले आफ्नो प्रस्तुती देखाउने आयोजक मुल समारोह समितिका कलाकार व्यवस्थापक विजय बोम्जनले जानकारी दिनुभयो । भोलिको सास्कृतीक कार्यक्रम दिउसो १ बजेदेखि शुरु बोम्जनले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*