पूर्वसांसद साहविरूद्ध विशेष अदालतमा ३२ करोडको मुद्धा दर्ता

ए वान डेस्क
१७ चैत्र २०७४, शनिबार ०९:५५

पूर्वमन्त्री संजयकुमार साहविरूद्ध अवैध सम्पति लुकाएको आरोपमस अदालतमा मुद्धा दायर भएको छ। नयाँ पत्रिका दैनिकले आफूले आर्जन गरेको सम्पति श्रीमतीसहित १३ जनाको नाममा लुकाएर राखेको भन्दै सम्पति शुद्धीकरण अनुसन्धान विभागले शुक्रबार साहविरीद्ध विशेष अदालतमा मुद्धा दायर गरेको समाचार प्रकाशित गरेको छ।

समाचारमा जनकपुर बम बिस्फोट र संचार उद्धमी अरूण सिघांनियाको हत्या अभियोगमा थुनामा रहेका साहविरूद्ध विभागले हत्या, अपहरण, फिरौती, जबर्जस्ती असुली लगायत अपराधजन्य गतिविधिबाट आर्जन गरेको ३२ करोड चार लाख ५० हजार सम्पति भेटिएको जनाइको छ।

साहले विभिन्न गैरहानुनी गतिविधीबाट रकम आर्जन गरी सम्पती शुद्धिकरण अनुसन्धान ऐनविपरित कार्य गरेकाले सो रकम जफत र कैद सजाय माग गरिएको छ। विभागले दुई वर्ष लगाएर अनुसन्धान गरेको समाचारमा उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*