सञ्चारकर्मी तथा गीतकार देउजाको ‘सिउँदो’ सार्वजनिक….(हेर्नुहोस् भिडियो)

ए वान डेस्क
१७ चैत्र २०७४, शनिबार ११:४२

सञ्चारकर्मी तथा गीतकार सन्तोष देउजाको म्यूजिक भिडियो ‘सिउँदो’ नयाँ वर्ष २०७५ को पूर्वसन्ध्यामा सार्वजनिक भएको छ । ‘धेरै बर्षपछि देख्दा तिम्रो सिउँदो भरेको पाएँ……’ बोलको म्यूजिक भिडियो आगामी चैत्र १७ शनिबार विशेष कार्यक्रम गरी सार्वजनिक भएको हो ।

युवराज केसरीको निर्देशन रहेको म्यूजिक भिडियोमा देउजा स्वयम्ले पनि अभिनय गरेका छन् । देउजा संगै म्यूजिक भिडियोमा युवराज केसरी र मनिषा पन्तले अभिनय गरेका छन् । रोशन कार्कीको स्वर रहेको उक्त म्यूजिक भिडियोलाई रोयल इन्टरटेनमेन्टले बजारमा ल्याएका छन् । यो गितमा उदयमान गायक तथा सञ्चारकर्मी विकास पाण्डेको संगित एवं चर्चित गायक बिनय केटुको ऐरेन्ज रहेको छ ।

गीतकार देउजाले आफ्नै वाल्यकालको प्रेमीकालाई धेरैवर्षपछि भेट्दा अरु कसैले सिउँदो हालेको अवस्थामा देखेपछि त्यस बेला कस्तो पीडा हुन्छ भन्ने भावलाई गीतमा प्रस्तुत गर्न खोजेका छन् । म जस्ता धेरै अभागी प्रेमी यस संसारमा अरु पनि हुने भएकाले त्यस्ता व्यक्तिहरुका लागि यो गीत एउटा मनको ढुकढुकी बन्ने विश्वास आफूले लिएको गीतकार देउजाले बताए । म्यूजिक भिडियो बजारमा आएपछि हेरेर अनि सुनेर माया गर्नुहुनेछ भन्ने विश्वास लिएका छन् ।

म्यूजिक भिडियोको सुटिङ गृह जिल्ला पर्सा, बारा, मकवानपुर, चितवन र नवलपरासीमा गरिएको उनले बताए । अब्बल सञ्चारकर्मी, सञ्चार उद्यमी हुँदै नेपाली सांगितिक क्षेत्रमा गीतकारको रुपमा स्थापित देउजाले मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता सिमरा गोल्डकपको शिर्ष गीत तथा चुनावी गीत संकलन गरिसकेका छन् । गीतकार देउजा हाल बाराको सिमरा स्थित रेडियो समर्पणका प्रबन्ध निर्देशक र बाराबाटै प्रकाशन हुने सकारात्मकसोच राष्ट्रिय दैनिकको मुख्य प्रबन्धक पदमा कार्यरत छन् । हेर्नुहोस् भिडियो:-
https://www.youtube.com/watch?v=yciIaWkIiNA

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*