पर्सामा प्रहरी र स्थानीयबिच झडप, ५ घाईते

पर्साको पटनीमा डाँका पक्रन गएको प्रहरी टोली र स्थानीयबीच झडप हुँदा पाँचजना प्रहरी घाइते भएका छन् ।
बहुद्रामाई नगरपालिकाको पटनीमा डकैती र हत्यामा संलग्न रहेका व्यक्ति लुकेको भन्ने सूचना पाएपछि छापा मार्न पुगेको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेपछि झडप भएको प्रहरीले जनाएको छ । नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारपछि सबै प्रहरी काममा फर्केका छन् ।
स्थानीयले विरोध गरेपछि डाका भने भाग्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरी टोलीमाथि नै आक्रमण गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । स्थानीयवासीले भने प्रहरीले पक्रेर लगेको तीन जना निर्दोष रहेको दावी गरेका छन् ।