भेट्रान फुटबल : उपाधीका लागी हेटौडा र नवलपरासी भिड्ने

ए वान डेस्क
१७ चैत्र २०७४, शनिबार १४:३७

ए वान डेस्क /

बाराको सिमरामा जारी भेट्रान फुटबल प्रतियोगिताको उपाधीका लागी भोलि हेटौडा भेट्रान र अभिसेक चर्च नवलपरासीबिच प्रतिस्पर्धा हुने भएको छ । सिमरा रंगशालामा आज विहान भएको सेमिफाईनल खेलमा चपुर भेट्रान र चितवन भेट्रानलाई पाखा लगाउदै हेटौडा र नवलपरासी फाईलनमा पुगेको हो ।

पहिलो खेलमा चपुर भेट्रानलाई ४–२ गोल अन्तरले पराजित गर्दे हेटौडा भेट्रान र दोश्रो खेलमा चितवन भेट्रानलाई २–१ गोल अन्तरले पराजित गर्दे अभिसेक चर्च नवलपरासी फाईनल प्रवेश गरेको हो । दुई टिमबिचको खेल भोलि दिउसो ३ बजेदेखि शुरु हुने आयोजक मुल समारोह समितिका खेलकुद व्यवस्थापक समिर आलेले जानकारी दिनुभयो ।

फुटबलसंगै प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव २०७४ मा प्रत्यक दिन राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुती देखाईरहेका छन् । औद्योगिक शान्ति नेपाल काठमाण्डौ र नव दुर्गा युवा क्लब सिमराको मुख्य आयोजनामा सिमरामा जारी महोत्सवमा आज नेपालका चर्चित गायक शिव परियार, गायक कमल खत्री, गायिका टिका प्रसाई, हास्य कलाकार दिनेश काफ्ले लगायले आफ्नो प्रस्तुती देखाउदैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*