सिमरा महोत्सवमा आजका कलाकारहरु
बाराको सिमरामा जारी प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव २०७४ मा आजपनि आधा दर्जनभन्दा बढि राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुती देखाउदैछन् ।
आयोजक मुल समारोह समितिले दिएको जानकारी अनुसार आज नेपालका चर्चित गायक शिव परियार, गायक कमल खत्री, गायिका टिका प्रसाई, हास्य कलाकार दिनेश काफ्ले, गायक लेखराज गुरुङ्ग, गायिका श्रीया नेपाल गायक विश्व आर के र डान्सर रुबिना श्रेष्ठले आफ्नो प्रस्तुती देखाउन लागेका हुन् ।















