कोल्हबी गोल्डकप : आज सिमरा र बिरगंज भिड्ने
फाईल फोटो
नविन चौधरी /
बाराको कोल्हवीमा जारी प्रथम कोल्हवी गोल्डकप २०७४ मा आज नव जनजागृती युवा क्लब सिमरा र बिरगंज युथ एकेडेमीबिच प्रतिस्पर्धा हुने भएको छ । दुई टिम बिचको खेल दिउसो २ बजेपछि रामपुर्वा खेल मैदानमा शुरु हुने आयोजक जनशक्ति क्लबका अध्यक्ष त्रियोगी प्रसाद राउत थारुले जानकारी दिनुभयो ।
यसअघि हिजोको खेलमा एफ.सि.क्लब हेटौडालाई ४–१ गोल अन्तरले पराजित गर्दे लहान ११ सिरहा विजयी भएको थियो । चैत्र २४ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र उप–बिजेताले ७५ हजार रुपैया पुरस्कार पाउने अध्यक्ष थारुले जानकारी दिनुभयो ।















