प्रधानमन्त्री ओलि आज बारा आउने
१८ चैत्र २०७४, आईतवार ०९:५७
ए वान डेस्क /
प्रधानमन्त्री केपि शर्मा ओलि आज बारा आउनुहुने भएको छ । जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर ४ स्थित औराहमा बन्न लागेको बिशेष आर्थिक क्षेत्र (सेज) भित्र गार्मेन्ट प्रशोधन क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओलि आज बारा आउन लाग्नुभएको हो ।
प्रधानमन्त्री ओलि आज दिउसो १२ बजे औराह आउने उहाको निजि सचिवालयले जनाएको छ ।















