शनि र शेखर बने प्रथम सिमरा आईडल

ए वान डेस्क
१९ चैत्र २०७४, सोमबार २०:३०

बाराको सिमरामा जारी प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव २०७४ मा शनि सुनुवार सिमरा सिङ्गिङ आईडलको प्रथम बन्न सफल भएका छन् । आफ्नो प्रतिभा एवं कला प्रस्तुत गर्ने क्रममा २८ जनालाई पाखा लगाउदै सुनुवार प्रथम बन्न सफल भएका हुन् ।

सुनुवार यसअघि बृहत सिमरा महोत्सवमा आयोजना गरिएको सिङ्गिङ आईडलमा पनि प्रथम भएका थिए । सिङ्गिङ आईडलमा मनिस थापा मगर दोश्रो र युवराज लामा तेश्रो हुन सफल हुनुभएको छ । सिङ्गिङ आईडलमा प्रथम हुने सुनुवारले नगद ३० हजार, दोश्रो हुने मनिस थापाले १५ हजार र तेश्रो हुने युवराज लामाले सान्तोना पुरस्कार पाउनुभएको छ ।

यस्तै डान्सिङ्ग आईडलमा शेखर भोटु घलान प्रथम हुन सफल हुनुभएको छ । यस्तै साजन लोप्चन दोश्रो र आशिका राई तेश्रो हुन सफल हुनुभएको डान्सिङ्ग आईडलकी प्रमुख पेमा लोप्नले जानकारी दिनुभयो ।

आद्योगिक शान्ति नेपाल काठमाण्डौ र नव दुर्गा युवा क्लबको मुख्य आयोजनामा चैत्र ९ गतेदेखि शुरु भएको सिमरा महोत्सवमा सिङ्गिङ आईडलतर्फ २८ र डान्सिङ्गतर्फ २५ जना प्रतिस्पर्धामा थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*