जीतपुरसिमरामा ६१औ राष्ट्रिय सहकारी दिवस मनाईदै

ए वान डेस्क
२० चैत्र २०७४, मंगलवार ११:४४

ए वान डेस्क /

बिभिन्न कार्यक्रमको आयोजना गरी आज ६१औ राष्ट्रिय सहकारी दिवस मनाईदैछ । जीतपुरसिमरा नगर स्तरीय सहकारी सञ्जालको आयोजनमा वडा नम्बर २ स्थित सिमरा आज सहकारी दिवस मनाईएको हो ।

राष्ट्रिय सहकारी दिवस मनाउन उप–महानगरपालिकाभित्र रहेका बिभिन्न सहकारीका प्रमुख एवं प्रतिनिधिहरु सिमरास्थित वडा कार्यालयमा जम्मा भएका छन् । दिवसको अवसरमा वडा कार्यालयबाट ¥याली निकालिएको थियो ।

‘दिगो विकास लक्ष्य प्राप्तिको लागी सहकारी’ भन्ने मुल नाराका साथ वडा कार्यालयबाट निकालिएको ¥यालीमा सिमरामा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सिमरा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, संगालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड, खुशि बचत तथा ऋण सहकारी संस्था लिमिटेड लगायत बिभिन्न सहकारी संघ–संस्थाको ब्यानर प्रयोग गरिएको छ । वडा कार्यालयबाट निस्किएको ¥यालीले सिमरा बजार परिक्रमा गरेको थियो । ¥यालीपछि आयोजित कोणसभा अहिले चलिरहेको छ ।

सञ्जालका उपाध्यक्ष गणेश जी प्रसाद साहको अध्यक्षतामा सञ्चालन भईरहेको कार्यक्रममा प्रदेशसभा सदस्य शोभा लामा, जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा.कृष्ण पौडेल लगायतको उपस्थिति रहेको छ । कार्यक्रमको सञ्चालन रबिन्द्रराज भन्डारीले गरिरहनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*