नगर उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय शाह, शर्मा बने बरिष्ठ उपाध्यक्ष

ए वान डेस्क
२० चैत्र २०७४, मंगलवार १६:०९

ए वान डेस्क /

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा जीतपुरका व्यवसायी सञ्जय शाह अध्यक्षमा चयन भएका छन् । संघको नेतृत्व सहमतीबाटै चयन गर्ने व्यवसायीहरुको निर्णय अनुसार शाह अध्यक्षमा चयन भएका हुन् ।

यसैगरी संघको बरिष्ठ उपाध्यक्षमा सिमराका होटल व्यवसायी मोहन शर्मा लामिछाने चयन भएका छन् । यसअघि नया कार्यसमिति चयन गर्न मतदान गर्नेगरी निर्वाचन कार्यतालिका शार्वजनीक गरिएको थियो । तर निर्वाचनको पुर्व संध्यामा व्यवसायीहरुबिच कार्यसमिति सर्वसम्मत रुपमा चयन गर्ने निर्णय भएको हाम्रा संवाददाता विकास पाण्डेले जानकारी दिनुभयो ।

सर्वसम्मत रुपमा चयन भएको नया कार्यसमितिलाई अहिले सपथ खुवाउने तयारी भईरहेको छ । नया कार्यसमितिको नाम केहिबेरमा …..

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*