जिल्ला शिक्षा कार्यालय साउनबाट खारेज हुने
फाईल फोटो

देशभरका जिल्ला शिक्षा कार्यालयहरु फागुनबाट खारेज हुने भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गतेबाट जिल्ला शिक्षा कार्यालयहरु खारेज गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको निर्णय अनुसार देशभरका शिक्षा कार्यालयहरु असार मसान्तसम्म यथावत रहने सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो । विद्यालयहरुमा परीक्षा सञ्चालन भइरहेकोले चैत २८ गतेबाट जिल्ला शिक्षा कार्यालय खारेज नगरिने भएको उहाले जानकारी दिनुभयो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा चैत २८ गतेभित्र जिल्ला शिक्षा कार्यालयहरू स्थानीय सरकारमा हस्तान्तरण हुने व्यवस्था भएपछि देशभरका जिल्ला शिक्षा कार्यालय खारेज हुने भएका थिए ।