पथलैया खानेपानीमा सुुरेश लामाको प्यानल नै विजयी

ए वान डेस्क /
पथलैया खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा सुरेश कुमार लामाको प्यानल नै विजयी भएको छ । नया कार्यसमिति चयन गर्नका लागी आज भएको निर्वाचनमा लामाको प्यानल नै विजयी भएको हो ।
मतपरिणाम अनुसार बाम गठबन्धनका उम्मेदवार बिष्णु भण्डारीलाई ९२ मत अन्तरले पराजित गर्दे काग्रेसका लामा अध्यक्षमा निर्वाचित हुनुभएको हो । निर्वाचनमा लामाले २८३ मत ल्याउनुभएको थियो भने भण्डारीले १९१ मत ल्याउनुभयो ।
यस्तै उपाध्यक्षमा गोविन्दबहादुर पाण्डे, सचिवमा मदनराज कंसकार, सह–सचिवमा सरस्वती लामा, कोषाध्यक्षमा रोकश सुब्बा निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरुमा राजकुमार थापा मगर, हरि बहादुर आचार्य, नवराज अधिकारी, पुष्पा राई, विजय रंजितकार र बिमला राई निर्वाचित हुनुभएको छ ।
खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा लामाको प्यानल नै विजयी भएपछि अहिले पथलैयामा काग्रेस समर्थकहरुले खुशियाली मनाईरहेका छन् । मतदाताहरुलाई धन्यवाद दिन अध्यक्ष लामा अहिले आफै रात्रि घरदैलोमा हिडेका छन् ।