‘जीतपुर मेलाको तयारी अन्तिम चरणमा’

ए वान डेस्क
२१ चैत्र २०७४, बुधबार १५:५३

बाराको जीतपुरमा चैत्र २८ गतेदेखि शुरु हुन लागेको बृहत जीतपुर खेलकुद तथा सांगितिक ब्यपार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक मुल समारोह समितिका अध्यक्ष मनोज शाहले दिनुभएको जानकारी अनुसार मेलाको ८० प्रतिशत तयारी लगभग पुरँ भईसकेको छ ।

‘हामीले मेलाको तयारी तिब्र रुपमा गरिरहेका छौ, अब केही कामहरु बाकी छन्, नभए लगभग तयारी पुरा भईसकेको छ’ शाहले भन्नुभयो । जीतपुरको गौशाला मैदानमा हुने मेला बैशाख ९ गतेसम्म चल्नेछ । जीतपुरकै ईतिहासमा पहिलो पटक बृहत मेला आयोजना गर्न लागिएको भन्दै उहाले सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

‘हामीले मेलालाई सफल बनाउन बिभिन्न संघ–संस्थाका व्यक्ति, राजनितिक दलका प्रतिनिधि, शिक्षक लगायत बुद्धिजिविहरुसंग पनि छलफल गरिरहेका छौ, सबैले राम्रो सल्लाह र सुझाव दिनुभएको छ’ उहाले भन्नुभयो । मेलामा ३ दर्जनभन्दा बढि राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुती देखाउने संयोजक शाहले जानकारी दिनुभयो ।

मेला ४६ लाखको अनुमानित लागतमा हुन गईरहेको उहाले बताउनुभयो ।

यी हुन् मेलाका आकर्षण

कृषि प्रदर्शनी
शैक्षिक तथा पर्यटन
बैंक तथा बित्तिय संस्था
बहुराष्ट्रिय उद्योग
राष्ट्रिय स्तरका उद्योग
अटोमोबाईल
आइटी तथा ईलेक्ट्रानिक्स
गार्मेन्ट, जुत्ता–चप्पल तथा कस्मेटिक
निमार्ण सामाग्रीका स्टलहरु
हस्तकला
एफ.एफ. सि.जि एण्ड रिटेल्स्
होटल तथा फुड स्टलहरु
निःशुल्क स्वास्थ्य शिविर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*