विराट गोल्डकपको पहिलो सेमिफाइलनमा झापा र आर्मी खेल्ने

ए वान डेस्क
२३ चैत्र २०७४, शुक्रबार ०९:५८

विराट गोल्डकप फुटबलमा शुक्रबारदेखि सेमिफाइनलका खेल सुरु हुँदैछन् । पहिलो सेमिफाइनलमा शुक्रबार झापा ११ र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । खेल बेलुका ६ बजेपछि विराटनगरको शहीद रंगशालामा सुरु हुनेछ ।

झापा ११ मोरङ ११ लाई र आर्मीले पुलिसलाई हराउँदै सेमिफाइन भेट पक्का गरेका छन् । शुक्रबारको विजेताले उपाधिका लागि शनिबार हुने थ्री स्टार र संकटा क्लबको विजेतासँग खेल्नेछन् ।

काठमाडौ बाहिर नै पहिलो पटक कृत्तिम प्रकाशमा खेलाइएको प्रतियोगिताको विजेताले १२ लाख ७१ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*