निजगढमा भोलिदेखि मेयरकप फुटबल

ए वान डेस्क
२३ चैत्र २०७४, शुक्रबार १९:२६

निजगढ नगर स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता भोलिदेखि शुरु हुदैछ । निजगढ ११ रतनपुरी स्थित नेपाल राष्ट्रिय माध्यमिक बिध्यालयको खेल मैदानमा संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारि पुरा भएको आयोजक निजगढ नगरस्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता संचालक समितिका संयोजक रामकृष्ण प्रसाद गुरोले जानकारी दिनुभयो ।

प्रतियोगीतामा निजगढ नगरपालिका भित्रका बिभिन्न ७ वटा वडाका १० वटा क्लवहरुको सहभागिता रहनेछ । प्रतियोगिताको बिजेता टोलीले नगद ५० हजार रुपैया सहित ट्रफी र उपविजेताले नगद ३० हजार रुपैया सहित ट्रफी प्राप्त गर्नेछन । त्यस्तै प्रत्यक दिनको म्यान अफ द म्याच खेलाडीले नगद १ हजार सहित ट्रफी प्राप्त गर्नेछन ।

निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश कुमार खनालले उद्घाटन गर्ने प्रतियोगिताको उद्घाटन खेलमा निजगढ वडा नम्बर ८ र वडा नम्बर ११ को रातो टिमबीच प्रतिस्पर्धा हुने निजगढबाट सञ्चारकर्मी नवराज चौलगाईले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*