निजगढमा आजदेखि मेयरकप फुटबल

ए वान डेस्क
२४ चैत्र २०७४, शनिबार ०९:३२

बाराको निजगढमा आजदेखि नगर स्तरीय प्रथम मेयरकप फुटबल प्रतियोगिता शुरु हुदैछ । निजगढ ११ रतनपुरी स्थित नेपाल राष्ट्रिय माध्यमिक बिध्यालयको खेल मैदानमा संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारि पुरा भएको आयोजक निजगढ नगरस्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता संचालक समितिका संयोजक रामकृष्ण प्रसाद गुरोले जानकारी दिनुभयो ।

प्रतियोगीतामा निजगढ नगरपालिका भित्रका बिभिन्न ७ वटा वडाका १० वटा क्लवहरुले सहभागीता जनाउनेछन् । प्रतियोगिताको बिजेता टोलीले नगद ५० हजार रुपैया सहित ट्रफी र उपविजेताले नगद ३० हजार रुपैया सहित ट्रफी प्राप्त गर्नेछ ।

त्यस्तै प्रत्यक दिनको म्यान अफ द म्याच खेलाडीले नगद १ हजार सहित ट्रफी प्राप्त गर्ने संयोजक गुुरोले जानकारी दिनुभयो ।

प्रतियोगिताको आज एक कार्यक्रमकाबिच नजगढ नगरपालिकाका नगर प्रमुख सुरेश कुमार खनाल उद्घाटन गर्ने कार्यक्रम छ । आजको उद्घाटन खेलमा निजगढ वडा नम्बर ८ र वडा नम्बर ११ को रातो टिमबीच प्रतिस्पर्धा हुने सञ्चारकर्मी नवराज चौलगाईले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*