सिम्रौनगढको सुपरजोजन समिति बिगठन गर्न सरकारसंग माग

ए वान डेस्क
३ बैशाख २०७५, सोमबार २२:०६
Exif_JPEG_420

नेपाल मत्स्य व्यवसायी संघ बाराले सिम्रौनगढस्थित सुपरजोनको पुरानो कार्यसमिति तत्काल बिगठन गर्न सरकारसंग माग गरेको छ । संघ बाराका अध्यक्ष जंगबहादुर शाहको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय काठमाण्डौ आएको टोलिले कृषि मन्त्री चक्रपनि खनाल सामु यस्तो माग गरेको हो ।

कृषि मन्त्री खनाललाई ज्ञापन पत्र बुझाउदै टोलिले बारामा सुपरजोनको नया कार्यसमिति गठन गर्न माग गरेको छ । ज्ञापन पत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यसमिति बारामा सल्लाहकार संयोजकको रुपमा काम गर्दे आएका मत्स्य दिर्नेशनालय बालाजुका पुर्व निर्देशक रामानन्द मिश्रलाई संयोजक पदमुक्त गर्नसमेत माग गरिएको छ ।

मन्त्री खनाललाई ज्ञापन पत्र बुझाउदै मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर शाहले सुपरजोनको संयोजक केन्द्रले नै तोक्नुपर्ने भन्दै परियोजनामा भएका काम कारर्वाहीको प्रभावकारी अनुगमन गरिनुपर्ने बताउनुभयो । जिल्लामा सुपरजोनको काम कारर्वाहीबारे प्रभावकारी अनुगमन हुन नसक्दा किशानहरु अनुदान लिनबाट बञ्चित भएको उहाले बताउनुभयो ।

ज्ञापन पत्रमार्फत जिल्लाको जीतपुरसिमरा उप–महानगरपालिका, कोल्हवी नगरपालिका र निजगढ नगरपालिका क्षेत्रमा सुपरजोन ब्लक कार्यक्रम सञ्चालन गर्नसमेत माग गरिएको छ । ‘कोल्हवी नगरपालिका क्षेत्र सुपरजोनका लागी उपयुक्त हुन्छ, त्यसकारण यसमा पनि सरकारले आफ्नो ध्यान दिन जरुरी छ’ ज्ञापन पत्र बुझाउदै अध्यक्ष शाहले भन्नुभयो ।

जवाफमा मन्त्री खनालले सुपरजोन समितिलाई तत्काल पत्राचार गर्ने बताउनुभयो । ‘यदि गल्ति भएकै रहेछ भने म कारर्वाही गर्छु, तर त्यसको लागी मैले बुझ्नुपर्ने हुन्छ’ उहाले भन्नुभयो । ज्ञापन पत्र बुझाउन मत्स्य व्यवसायी महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष मधुसुदन अधिकारी, केन्द्रिय सदस्य जयकल्याण थापा, कोल्हवी नगरपालिकाका मेयर भरतबहादुर भण्डारी लगायतको टोलि मन्त्रालय पुगेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*