यूएन वुमेनको कार्यकारी बोर्ड सदस्यमा नेपाल निर्वाचित

ए वान डेस्क
४ बैशाख २०७५, मंगलवार १६:४९

लैंगिक समानता तथा महिला सशक्तिकरणसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय यूएन वुमेनको कार्यकारी बोर्डकाे सदस्यमा नेपाल निर्वाचित भएको छ ।

सन् २०१९देखि २०२१ सम्म नेपाल सदस्यमा निर्वाचित भएको राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगले जनाएको छ । सन् २०१० मा संस्था स्थापना भएयता नेपाल पहिलो पटक बोर्ड सदस्यमा निर्वाचित भएको हो ।

एसिया–प्रशान्तक्षेत्रबाट नेपाल सहित बंगलादेश, भारत, मंगोलिया र साउदी अरेबिया पनि निर्वाचित भएका छन् । यस्तै आउने तीन वर्षका लागि विकासका लागि विज्ञान तथा प्रविधि आयोगका सदस्यमा पनि नेपाल निर्वाचित भएको नियोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
उज्यालो अनलाईनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*