राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निजगढमा सम्पन्न

ए वान डेस्क
५ बैशाख २०७५, बुधबार १०:२८

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्र्तगत बारा जिल्लाको निजगढमा अन्तर विद्यालय तेक्वोन्दो छनोट प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिताका संयोजक हेमलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न तेक्वोन्दो प्रतियोगितामा बारा जिल्लाका १५ वटा विद्यालयले सहभागिता जनाएका थिए । छनौट प्रतियोगिताका प्रमुख अतिथि नेपाल तेक्वोन्दा संघका केन्द्रिय सदस्य तथा २ नं. प्रदेशका संयोजक गुरुप्रसाद गौतमले विजयी खेलाडीहरुलाई शिल तथा प्रमाण पत्र वितरण गर्नुका साथै राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता मार्फत खेलाडीहरुले आफ्नो क्षमता प्रर्दशन गर्ने अवसर पाएको बताउनु भयो ।

प्रतियोगितामा ४५ किलो तौल समुहमा राष्ट्रिय विभुतीका कसम गुरुङ,४८ किलोमा नेरामावि डुमरवानाका सुन्दर घलान, ५१ किलोमा मनकामना ई.बोर्डिङ स्कूल कलैयाका सागर तिवारी प्रथम हुन सफल भए ।

त्यसैगरी महिला ४२ किलोमा सार्वजनिक माबिका छिरिङ डोल्मा, ४४ किलोमा प्रोगेश एकेडेमीकी श्रीसा कार्की र ४६ किलोमा मनकामना ई.बोर्डिङ स्कूल कलैयाकी आयशा खातुन प्रथम भईन ।

कार्यक्रममा तेक्वान्दो संघका प्रदेश नं. २ का सचिब विजय शाह ठकुरी, बाराका तेक्वान्दो प्रशिक्षक एवम अन्तराष्ट्रिय रेफ्री जीतसिंह लामा लगायतको उपस्थिती रहेको थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*