जीतपुरसिमरामा आजदेखि बिद्यालय भर्ना अभियान शुरु, मेयरले गरे उद्घाटन
ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकामा आजदेखि बिद्यालय भर्ना अभियान शुरु भएको छ । अभियानको आज जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले उद्घाटन गर्नुभयो । वडा नम्बर ४ स्थित औराह निवासी मञ्जु महरालाई बिद्यालयमा भर्ना गराउदै मेयर पौडेलले अभियान शुरु गर्नुभएको हो ।
अभिभावकत्व ग्रहण गर्दे पौडेलले अभियानलाई सफल बनाउन सबैलाई आग्रह गर्नुभयो । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ जीतपुरसिमरामा आजदेखि भर्ना अभियान सुरु भएको हो ।
विद्यालय बाहिर रहेका बालबालिकाको खोजी गरी उनीहरुलाई विद्यालयमा ल्याउने र विद्यालयमा टिकाइराख्न भर्ना अभियान सञ्चालन गरिएको मेयर पौडेलले जानकारी दिनुभयो । विद्यालय जाने उमेर पुगेका तर विद्यालय नगएका बालबालिकालाई विद्यालयमा भर्ना गराउने अभियान अन्र्तगत यो कार्यक्रम सरकारले बर्षेनी सुरु गर्दै आएको छ ।
भर्ना अभियानसगंै यो बर्ष भने विद्यालय भर्ना टिकाऊ तथा निरन्तरता र उपलब्धिमा सुधार कार्यक्रमलाई विशेष जोड दिएको छ । बिद्यालय भर्ना अभियान कार्यक्रममा जीतपुरसिमरा उप–महानगरपालिकाकी उप–मेयर सरस्वती चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष ईश्वर के.सी, अपाङ्ग सेवा संघ बाराका अध्यक्ष धनप्रसाद बजगाई लगायतको उपस्थिति रहेको थियो ।















