बन्यजन्तु सप्ताहको अवसरमा आधाभारमा अन्र्तक्रिया

ए वान डेस्क
५ बैशाख २०७५, बुधबार १९:४३

ए वान डेस्क /

२३औ बन्यजन्तु सप्ताहको अवसरमा बाराको आधाभारमा आज वन्यजन्तु अपराध नियन्त्रण बिषयक एक दिने अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ । ‘समृद्धिको लागी बन्यजन्तु संरक्षण’ भन्ने मुल नाराका साथ पर्सा राष्ट्रिय निकुञ्जको कार्यालय परिषरमा एक दिने अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर तितुङ्गले वन्यजन्तु अपराध नियन्त्रण गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । वन्यजन्तु संरक्षण र वन्यजन्तु अपराध सम्बन्धी नितिगत तथा कानुनी व्यवस्थाका बिषयमा अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण दिईएको थियो ।

अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुलाई सहायक संरक्षण अधिकृत अशोक राम र रेञ्जर विनयकुमार झाले प्रशिक्षण दिनुभएको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका कार्यालय प्रमुख राम अधिकारीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*