अपांङ्ग सेवा संघ बाराले थाल्यो भर्ना अभियान

ए वान डेस्क
५ बैशाख २०७५, बुधबार २०:३०

ए वान डेस्क /

बारामा आजदेखि अपाङ्गता भएका बालबालिकाहरुलाई बिद्यालयमा भर्ना गर्ने अभियान शुरु गरिएको छ । सिमरास्थित अपाङ्ग सेवा संघको कार्यालयमा अध्यक्ष धनप्रसाद बजगाईले अभियानको उद्घाटन गर्नुभयो । अपांङ्गता भएका केहि बालबालिकाहरुलाई बिद्यालयमा स्वागत गरेर अभियानको शुरुवात गरिएको थियो ।

बिद्यालयमा स्वागत गर्दे अध्यक्ष बजगाईले उज्वल भबिष्यको निम्ति बिद्यालय भर्ना अभियान आवश्यक रहेको बताउनुभयो । संघको कार्यालयमा आयोजित स्वागत कार्यक्रममा सचिव रमेश बिडारीले टिका तथा खादा लगाएर बालबालिकाहरुलाई स्वागत गर्नुभएको थियो ।

हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा भन्ने नाराका साथ संघ बाराले आजदेखि भर्ना अभियान सुरु गरेको हो । विद्यालय जाने उमेर पुगेका तर विद्यालय नगएका बालबालिकालाई विद्यालयमा भर्ना गराउने अभियान अन्र्तगत यो कार्यक्रम सरकारले बर्षेनी सुरु गर्दै आएको छ ।

भर्ना अभियानसगंै यो बर्ष भने विद्यालय भर्ना टिकाऊ तथा निरन्तरता र उपलब्धिमा सुधार कार्यक्रमलाई सरकारले विशेष जोड दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*