तराई यातायात व्यवसायी संघमा कर्मचारी युनियन, आरिफ भए अध्यक्ष

ए वान डेस्क
७ बैशाख २०७५, शुक्रबार २१:४४

ए वान डेस्क /

बाराको सिमरामा रहेको तराई यातायात व्यवसायी संघमा कर्मचारी युनियन गठन गरिएको छ । नव गठित युनियनले आज नया कार्यसमिति चयन गरेको छ ।

तराई यातायात व्यवसायी संघको सभाहलमा आयोजित भेलाले आरिफ हुसेनको अध्यक्षतामा कर्मचारी युनियन गठन गरेको हो । गठित युनियनको उपाध्यक्षमा कुमार श्रेष्ठ, सचिवमा हिरा थपलिया, कोषाध्यक्षमा कृष्ण लामा चयन हुनुभएको छ ।

१३ जना मध्य आज १० जना मात्र चयन गरिएको र बाकी ३ जना मनोनित गरिने अध्यक्ष आरिफ हुसेनले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*