निजगढका उखु किशानद्धारा मन्त्री यादवको ध्यानाकष्र्ण
ए वान डेस्क /
उखुको कायम मुल्य नपाएको भन्दै निजगढका उखु किशानहरुले आज उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादवको ध्यानाकष्र्ण गराएका छन् । आज दिउसो निजगढमा ज्ञापन पत्र बुझाउदै उनीहरुले मन्त्री यादवको ध्यानाकष्र्ण गराएका हुन् ।
सरकारले तोकेको रकम दिन उद्योगि व्यवसायीहरुले आनाकानी गरिरेकोभन्दै निजगढका १७० जना किशानको ५६ लाख रकम निकासाका लागि पहल गरिदिन उनीहरुले मन्त्री यादवलाई आग्रह गरेका नेकपा माओवादी केन्द्रका नेता रविराज दंगालले जानकारी दिनुभयो ।
यस्तो छ निजगढका किशानहरुले मन्त्री यादवलाई बुझाएको ज्ञापन पत्र

जवाफमा मन्त्री यादवले उखुको बाकी रकम निकासा गराएरै छाड्ने प्रतिवद्धता जनाउनुभयो । उहाले किशानहरुको रकम निकासा नगर्ने मिललाई कानुनी कारर्वाहीको दायरामा ल्याउने बताउनुभयो ।















