देवतालाई पनि ट्राफिक नियम !

ए वान डेस्क
८ बैशाख २०७५, शनिबार ०७:१४

सर्वसाधरण सवारी चालकलाई मात्र नभएर चारपांग्रे रथमा आरुढ रातो मच्छिन्द्रनाथलाई पनि ट्राफिक नियमको पूर्ण पालना गराइएको छ।

ललितपुर ट्राफिक निरीक्षक सीताराम हाछेंथुको अगुवाइमा रथ तानिएको, मोडिएको र पांग्रामा ब्रेक लगाएको, रथले भार वहन गर्न सक्ने नसक्ने गरी मानिसको समूह रथमा रहे नरहेकोबारे पनि निरीक्षण गरिएको छ।

हाछेंथु भन्छन्, ‘ट्राफिकले यान्त्रिक सवारी मात्र हेर्छ तर सडकमा गुड्ने भएकाले देवताको रथको अवस्थाले पैदलयात्रुलाई असर गर्छ गर्दैन, रथ सही प्रकारले गुडेको छ छैन, सही प्रकारले ब्रेक लगाइएको छ छैन, यस विषयमा सर्वसाधरणले जस्तै ट्राफिकले पनि चासो दिने विषय नै हो।’

बिहीबार पुल्चोकबाट गाःबहालतर्फ लगिएको रथको अवस्थाबारे ट्राफिक प्रहरले गम्भीर रुपमा अवलोकन गरेर रथलाई गाःबहालतर्फ सहज रुपमा पुर्‍याउन सहयोगी भूमिका निर्वाह गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*